Sep 20 2024 | २०८१, असोज ४ गते

आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून, जलसतह सतर्कता तहभन्दा तलै रहने

आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून, जलसतह सतर्कता तहभन्दा तलै रहने

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून, जलसतह सतर्कता तहभन्दा तलै रहने

    काठमाडाैं |  आज (मंगलवार) कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा केही तल रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । 

    images
    images

    आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्युन रहेको महाशाखाले जनाएको छ । 

    आज ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, संखुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

    आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै कोशी र मधेश प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।

    मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट