Sep 20 2024 | २०८१, असोज ४ गते

सुन प्रकरणमा मुछिएका महराकाे गुनासाे ! भन्छन– प्रहरीले मलाई अनुसन्धान नै गरेन

सुन प्रकरणमा मुछिएका महराकाे गुनासाे ! भन्छन– प्रहरीले मलाई अनुसन्धान नै गरेन

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • सुन प्रकरणमा मुछिएका महराकाे गुनासाे ! भन्छन– प्रहरीले मलाई अनुसन्धान नै गरेन

    पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणको अनुसन्धानका लागि आफू सघाउन तयार रहेको बताएका छन् । महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर आएको विषयमा अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् । त्यसका लागि आफूलाई बोलाउन भने पनि नबोलाइएको उनको भनाइ छ ।

    images
    images

    ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’

    उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बबी गरे ।

    महराले आफूलाई सुन प्रकरणमा विनाकारण मुछिएको र सञ्चारमाध्यममा गलत प्रचार भइरहेको गुनासो गरे ।

    उनले चिनियाँ नागरिक वाङसँग आफूले फोन सम्पर्क नगरेको दाबी गरे । वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गरेको बताए । तर आफूले दबाब नदिएको र कानुन अनुसार हेरर गर्नु भनेर भन्सारमा भनेको उनले दाबी गरे ।

    ‘चुरोटमा के छ भनेर मलाई थाहा भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला भनेकाे थिए’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट