Aug 12 2026 | २०८३, साउन २७ गते

जहाज कुर्दाकुर्दै हुम्लामा ४ शिशुको मृत्यु

जहाज कुर्दाकुर्दै हुम्लामा ४ शिशुको मृत्यु

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • जहाज कुर्दाकुर्दै हुम्लामा ४ शिशुको मृत्यु

    हुम्ला ।  हुम्लामा हवाई सेवा नहुँदा चार शिशुको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। सिमकोट विमानस्थलमा लामो समयसम्म उडान नभएपछि उपचारका लागि नेपालगन्ज र सुर्खेत ल्याउन नसक्दा शिशुको मृत्यृ भएको हो।

    images

    सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७ डाडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालिका डेढवर्षे बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुहारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको हो।

    झाडापखालाका कारण अस्पतालमा ल्याएका शाहीलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि हुम्लामा त्यो सुविधा छैन। आईसीयू नभएकाले सुविधासम्पन्न अस्पतालमा लैजानुपर्नेमा मौसमका कारण जहाज नआउँदा मरे पनि घरमा मर्ला भनेर बाबु कालीबहादुरले घर लगेका थिए। मंगलबार बच्चाको घरमै मृत्यु भएको थियो।

    सुनारको झाडापखालाले थलिएर रगतमा संक्रमण भएकाले अवस्था गम्भीर देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइए पनि खराब मौसमका कारण जहाज नआउँदा बच्चालाई बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर कैलास लामाले बताए।

    डाक्टर लामाका अनुसार निमोनियाले थलिएका परियारले साउन ७ गते र कुपोषणले थलिएका लुहारले साउन ८ जहाज कुर्दाकुर्दै अस्पलालको शय्यामै ज्यान गुमाएका हुन्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट