Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौं–तराई द्रुतमार्गकाे डिपिआर संशोधन : लागत २ अर्ब घट्यो

काठमाडौं–तराई द्रुतमार्गकाे डिपिआर संशोधन : लागत २ अर्ब घट्यो

करिब २ अर्ब २ करोड रुपैयाँ लागत मूल्य र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डिपिआर संशोधन भएको छ।  काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रूतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण भइरहेको छ। 

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • काठमाडौं–तराई द्रुतमार्गकाे डिपिआर संशोधन : लागत २ अर्ब घट्यो

    काठमाडौं। काठमाडौं–तराई मधेश द्रुतमार्ग डिपिआर संशोधन भएको छ।

    images
    images

    लागत समय र लागत मुल्य घटने गरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।  

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्ग डिपिआर संशोधन गरेको हो।

    करिब २ अर्ब २ करोड रुपैयाँ लागत मूल्य र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डिपिआर संशोधन भएको छ।  काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रूतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण भइरहेको छ। 

    २०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रूत मार्गमा हालसम्म २५.५४ प्रतिशत मात्रै प्रगति भएको छ। 

    २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रूतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए। 

    ‘द्रूतमार्गको काम तीव्र गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’, नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाले भनेका छन्। 

    डीपीआर संशोधन भएछि लागत मूल्य पनि घट्ने भएको छ। यसअघि २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ लागत थियो। अब संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख लागत कायम हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट