गोलभेँडाको भाउ दुई दिनदेखि गिरावट
गोलभेँडाको भाउ दुई दिनदेखि गिरावट
काठमाडौं। निरन्तर उकालो लागेको गोलभेँडाको भाउ दुई दिनदेखि गिरावट आउन थालेको छ। कालिमाटी फलफुल तथा तरकरी विकास समितीका अनुसार गोलभेँडाको मूल्य मंगलबारको तुलनामा बुधबार प्रतिकिलो १० रुपैयाँसम्म घटेको हो।
समितीका अनुसार मंगलबार ठुलो नेपाली गोलभेँडाको मूल्य प्रतिकिलो न्युनतन १ सय ४० देखि अधिकतम् १ सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, सानो टनेल गोलभेँडाको मूल्य प्रतिकिलो न्युनतम ८२ देखि १०० रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ।
समितीका अनुसार सोमबार गोलभेँडाको मूल्य प्रतिकिलो अधिकतम् १ सय ८० सम्म र मंगलबार १ सय ६० सम्ममा किनबेच भएको थियो।