Sep 20 2024 | २०८१, असोज ४ गते

वडाध्यक्ष भट्टराई भन्छन् - मेरो घर मापदण्डविपरीत बनेको भए जस्तोसुकै कारबाही भोग्न तयार छु

वडाध्यक्ष भट्टराई भन्छन् - मेरो घर मापदण्डविपरीत बनेको भए जस्तोसुकै कारबाही भोग्न तयार छु

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • वडाध्यक्ष भट्टराई भन्छन् - मेरो घर मापदण्डविपरीत बनेको भए जस्तोसुकै कारबाही भोग्न तयार छु

    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-१० का वडाध्यक्ष नवराज भट्टराईले आफ्नो घर खोलामाथि नरहेको प्रष्टीकरण दिएका छन् ।

    images
    images

    घर रहेको जग्गा २०४९ सालतिर बुबाले खरिद गरिएको र घर निर्माण गर्दा साविक कपन गाविसको मापदण्डबमोजिम नक्सा पास गरी निर्माण सम्पन्न प्रमाणपत्र समेत लिइएको आफूसँग प्रमाण सुरक्षित रहेको उनको भनाइ छ ।

    नगर प्रवक्तासमेत रहेका भट्टराईले केही मिडियामा वडाध्यक्षकै घर खोलामाथि भन्दै भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको बताए ।मिडियालाइ स्पष्ट पार्दै उनले आधारहीन कुराले आफ्नो र परिवारको प्रतिष्ठामा गम्भिर आघात र सामाजिक प्रतिष्ठामा असर पुगेको गुनासो गरे ।

    दुई वर्षअघिको डुबानको कुरालाई लिएर पूर्वाग्राहीरूपमा अहिले तोडमोड गरिएको उनको भनाइ छ । ‘हाम्रो घर रहेको स्थानको पुरानो खोला करिडोरमा आज पनि सयौंका संख्यामा तत्कालीन कपन गाविसको मापदण्ड पूरा गरी बनाइएको घरहरू सुरक्षित छन् । हाम्रो घरअगाडि आज पनि पुरानो खहरेको वालबाट करिब ११ फिट सेट व्याक छोडी घर निर्माण गरिएको फिल्डमा स्पष्टरूपमा देख्न सकिन्छ’, भट्टराईले भने, ‘हाम्रो घर खोलामाथि भएको भए, तत्कालीन कपन गाविसको मापदण्डविपरीत बनेको भए जस्तोसुकै कारबाही भोग्न पनि तयार छु ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट