Sep 20 2024 | २०८१, असोज ४ गते

संसद् अवरोधबारे ओलीसँग राष्ट्रपतिले राखे चासो

संसद् अवरोधबारे ओलीसँग राष्ट्रपतिले राखे चासो

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • संसद् अवरोधबारे ओलीसँग राष्ट्रपतिले राखे चासो

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्। संसदमा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको छ। राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो।

    images
    images

    संसदमा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको छ। लामो समय संसद नचल्दा जनतामा नैराश्यता बढ्ने र नकरात्मक प्रभाव पर्ने भएकोले संसद चल्ने वातावरण बनाउन राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।

    राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न यसअघि शितल निवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग कुराकानी गरिसकेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट