Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

सेयर बजार लगातार ओरालोतिर, लगानीकर्ता त्रसित

सेयर बजार लगातार ओरालोतिर, लगानीकर्ता त्रसित

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • सेयर बजार लगातार ओरालोतिर, लगानीकर्ता त्रसित

    काठमाडौं । निरन्तर उतारचढावमा देखिएको सेयर बजार लगातार ओरालोतिर लागेको छ। यो साता पहिलो कारोबार वृद्धितर्फ लागेको बजारमा त्यसपछिका तीन कारोबार लगातार घटेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा सामान्य वृद्धितर्फ नजाँदै पुन: ओरालोतिर लागेको हो। 

    images
    images
    images

    गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर अन्तिम दुई कारोबार वृद्धितर्फ लागेको सेयर बजारमा यो साता आइतबारको वृद्धिले सुखद सुरुवात देखिए पनि सोमबार, मंगलबार र बुधबार बजार राताम्य बन्यो। 

    यो साता आइतबार १४.८१ अंकले बढेर सोमबार ३.६१ अंकले घटेको सेयर बजारमा मंगलबार पुन: ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा झरेको थियो।

    बुधबार २०.३१ अंकले घटेर बजार २०२५.१२ बिन्दुमा झरेको छ। ३४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ६७ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ। १८५ कम्पनीको सेयर मूल्य घटेको बजारमा ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्।

    nepse.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार