images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिब पोखरेल

एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिब पोखरेल

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिब पोखरेल

    सुदूरपश्चिम । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् ।

    images
    images
    images

    आज बुधबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताए।

    प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।”

    महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे । भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा बोलेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार