Sep 20 2024 | २०८१, असोज ४ गते

अवैध सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

अवैध सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • अवैध सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । अवैध सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार राती राजधानीका विभिन्न स्थानबाट चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेंकाईलाई पक्राउ गरेको हो।

    images
    images

    राजस्व अनुसन्धान विभागको टोलीले ३ साउनमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवैध एक क्विन्टल सुन (गालेपछि ६० केजी) बरामद गरेपछि त्यसमा संलग्नको खोजी गरिरहेको सीआईबीले थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले पुष्टि गरे।

    पक्राउ पर्नेमा ३ महिला र एक पुरुष रहेका छन्। सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसुरमा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट