Sep 17 2024 | २०८१, असोज १ गते

एयरपोर्ट वरिपरिका अग्ला संरचनामा नागरिक उड्डयनको चासो, रामेश्वर थापाको टावरलाई ३ दिने स्पष्टीकरण

एयरपोर्ट वरिपरिका अग्ला संरचनामा नागरिक उड्डयनको चासो, रामेश्वर थापाको टावरलाई ३ दिने स्पष्टीकरण

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • एयरपोर्ट वरिपरिका अग्ला संरचनामा नागरिक उड्डयनको चासो, रामेश्वर थापाको टावरलाई ३ दिने स्पष्टीकरण

    काठमाडाैं | नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिका अग्ला संरचना हटाउन चासो देखाएको छ ।

    images
    images

    त्यसका लागि प्राधिकरणले सम्बन्धित भवनका मालिकलाई पत्राचार गर्न थालेको छ । सोही क्रममा बुधवार प्राधिकरणले रामेश्वर थापाको अन्नपूर्ण नेटवर्क रहेको कर्पोरेट टावरलाई पत्राचार गरेको छ ।

    विमानस्थल आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि प्राधिकरणको स्वीकृति लिएको हुनुपर्ने प्रावधान रहे पनि अन्नपूर्ण नेटवर्कको कर्पोरेट टावर भवन निर्माण गर्दा कुनै स्वीकृति लिएको नदेखिएको प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणले नेटवर्कलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार