Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरे, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरे, कुन बैंकको कति ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरे, कुन बैंकको कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार भदौमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ब्याज दिने भएका छन् ।

    images
    images
    images

    यी बैंकहरुले भदौ महिनाका लागि व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत निर्धारण गरेका छन् । त्यस्तै, संस्थागत मुद्धति निक्षेपमा भने यी बैंकहरुले ८.८९६ प्रतिशत ब्याज दिने भएका छन् ।

    त्यस्तै, एनएमबि बैंक, एनआईसी एशिया, प्राइम कमर्सियल र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका छन् । भदौ महिनामा एनएमबि बैंकले व्यक्तिगत मुद्धतिमा ९.९९ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ७.९९ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागत मुद्धतितर्फ ८.५ प्रतिशत ब्याज दिने भएको छ ।

    नबिल बैंकले व्यक्तिगततर्फ १०.४९ प्रतिशत र मुद्धतितर्फ ८.४९ प्रतिशत ब्याजर दिने भएको छ । नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा समान ९.९९ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागत मुद्धति निक्षेपमा क्रमशः ७.९९, ७.९९, ७.९९, ७.४९ र ७.९९ प्रतिशत ब्याज दिने भएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ८.९२ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ६.९२ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार