Sep 20 2024 | २०८१, असोज ४ गते

आफैँले आफ्नो संवेदनशील अङ्ग काटेर युवक घाइते

आफैँले आफ्नो संवेदनशील अङ्ग काटेर युवक घाइते

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • आफैँले आफ्नो संवेदनशील अङ्ग काटेर  युवक घाइते

    आफैँले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ। 

    images
    images

    प्रहरीका अनुसार हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए। होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले जनाएको छ। 

    आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। उनी उपचारका लागि भनेर राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए। 

    अस्पताल पुगेका हुमागाईं आफूले राति १० बजेतिर आफ्नो लिङ्ग काटेको बताएका थिए। हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। 

    प्रहरीले उनी घाइते भए पनि अवस्था मध्यम रहेको जनाएको छ। प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका छन्। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट