Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

मोतीलाल दुगड भन्छन– नियोजित रूपमा उद्योगीहरूलाई जेल पठाउने षड्यन्त्र भइरहेको छ

मोतीलाल दुगड भन्छन– नियोजित रूपमा उद्योगीहरूलाई जेल पठाउने षड्यन्त्र भइरहेको छ

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • मोतीलाल दुगड भन्छन–  नियोजित रूपमा  उद्योगीहरूलाई जेल पठाउने षड्यन्त्र भइरहेको छ

    नेकपा एमालेका उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले नियोजित रूपमा उद्योगीहरूलाई जेल पठाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । नेकपा एमालेद्वारा काठमाडौंमा आयोजित ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा दुगडले, आफूहरुलाई जेल हाल्ने षड्यन्त्र भइहरेको दाबी गर्दै सबैजना जेल गएर देशका जेल भरिदिने चेतावनी दिए । 

    images
    images
    images

    ‘सरकारले हामीहरुबीच साजिस गरिरहेको छ । हामीहरु विरुद्ध षड्यन्त्र भइहको छ । पर्दाफास हुनुपर्छ । तपाईंहरुले मार्गनिर्देश दिनुपर्छ । यो हामी सबैको देश हो, संकुचित समूहको देश होइन,’ उनले भने, ‘एकजुट हुनुपर्छ । हामी एकजुट भएर लाग्यौँ भने यो देशमा हामीलाई हाल्नको लागि यति जेलका कोठाहरुले पुग्दैन । हामीहरु एक हुनुपर्छ ।’ यदि एकजना जेल गयो भने सबै जेल जान तयार हुनुपर्ने उनको भनाइ छ । 

    उनले सरकारले आफूहरु विरुद्धको खेल बन्द गर्न चेतावनी दिए । उनले भने ‘अब बन्द गर्नुस् यो खेल, हामीलाई नपठाउनुस् जेल । ’यो सरकारले कस्तो देश बनाउन खोजिरहेका छ भन्ने प्रश्न उठाउँदै उनले भने, ‘तपाईंहरुले कस्तो देश भविश्यका कर्णधारलाई दिन खोजिरहनुभएको छ ?’

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार