Sep 20 2024 | २०८१, असोज ४ गते

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा  

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा  

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • सन्दीप लामिछानेको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा  

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश राजुकुमार खतिवडामा अन्तिम सुनुवाइका लागि पेस भएको हो ।  बिहीबारबाट अन्तिम सुनुवाइका लागि पेस भएको उक्त मुद्दामा बिहीबार नै बहस सकिएमा सोही दिन फैसला आउने छ । कानुन व्यवसायीहरुको बहस नसकिएको अवस्थामा भने हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरी मुद्दाको किनारा लगाउने तयारी छ । 

    images
    images

    २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा बिहीबारसम्म २५ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई शसर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए । 

    सो निवेदनमाथि सर्वोच्च अदालतले विदेशमा खेल खेल्न जानका लागि अनुमति दिई नेपाल फर्किएलगत्तै सो को जानकारी सुरु अदालतलाई दिनुपर्ने आदेश दिएको थियो । सरकारी वकिल भने सन्दीपलाई थुनामै राख्नुपर्ने रिट लिएर सर्वोच्च पुगेको थियो ।  सर्वोच्चकै आदेशमा सन्दीपले पीडित भनिएकी गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति वापत एक लाख रुपैयाँ समेत दिइसकेका छन् । सर्वोच्चले पीडितको स्वास्थ्य उपचार लगायतका लागि आरोपितबाट अन्तरिम क्षतिपूर्ति भराउन आदेश दिएको थियो । 

    सन्दीप लामिछाने प्रतिवादी रहेको जबर्जस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दावी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरुले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दावी लिएका छन् ।

    जन्मदर्ता रहेको आधिकारिक निकायबाट आएको जन्मदर्तामा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर्ष तीन महिना रहेको दावी गरिएको छ । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गतेको मिति पीडित पक्षले किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको र जन्ममिति २०६२ जेठ १८ गते रहेको दावी गरेका छन् ।  तर आरोपित पक्षले भने किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको दावी गरी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दावी लिएका छन् । नुवाकोटको एक स्थानीय तहमा गरिएको किशोरीको जन्मदर्तामा किशोरीको जन्ममिति २०६१ असार १८ गते भएको दावी गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट