Sep 20 2024 | २०८१, असोज ४ गते

डेंगीले महामारीकाे रुप लिँदै, साढे ६ हजार संक्रमित थपिए

डेंगीले महामारीकाे रुप लिँदै, साढे ६ हजार संक्रमित थपिए

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • डेंगीले महामारीकाे रुप लिँदै, साढे ६ हजार संक्रमित थपिए

    काठमाडौं ।  डेंगीले महामारीकाे रुप लिँदैछ । यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।

    images
    images

    योसँगै यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । गएको जुनयता मात्र डेंगीका कारण १२ जनाको मृत्यु भएको छ । 

    डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार नौजना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।

    उपत्यकासहित १२ जिल्लामा संक्रमितको संख्या १०० भन्दा माथि छ । सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा, तनहुँ र दार्चुलामा संक्रमितको संख्या निरन्तर बढिरहेको ईडीसीडीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट