images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो प्रभावितलाई राहत उपलब्घ गराउन माग

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो प्रभावितलाई राहत उपलब्घ गराउन माग

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो प्रभावितलाई राहत उपलब्घ गराउन माग
    गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि थप भत्कने गरेको जनाउँदै ती स्थान संरक्षण गर्नुपर्ने देखिएको बताए । 
     
    ती स्थानको संरक्षणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा अहिले अख्तियारी आइनसेका कारण तत्काल मर्मत गर्न नसकिने जानकारी आएको र तत्काल बाधा अड्काउ फुकाउ गरी गरी उचित प्रबन्ध आवश्यक भएको उनले बताए ।
     
    सदस्य दमयन्ती रुचालले बैंक, वित्तीय संस्था एवम् सहकारीबाट पछिल्ला समयमा व्यवसायी एवम् सर्वसाधारण ऋण असुलीका नाममा मारमा परिरहेको जनाउँदै यसबारे तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । अर्का सदस्य बेदबहादुर गुरुङले बाढीपहिरोका कारण प्रदेश सरकारबाट सम्पन्न भएका सडक निर्माण सम्पन्न भएर पनि बिग्रने भत्कने गरेको जनाउँदै तिनीहरूको नियमित संरक्षणका लागि प्रदेश सरकारले ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।
     
    अर्का सदस्य विन्दु पौडेलले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न सहकारीबाट जनताको रकम नदिने गरेको गुनासो आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराइन् । यसैगरी सदस्य सीताकुमारी सुन्दासले बाढीपहिरोबाट प्रभावित भई घर भत्केर घरबारविहीन नागरिकलाई पालिका, प्रदेश र सङ्घबाट एकमुष्ठ रु चार लाख दिने भनेर कार्यविधिसमेत आइसकेका अवस्थामा पीडित व्यक्तिले उक्त सुविधा नपाउने गरेको बताइन् । कतिपयले पहिलो किस्ताबापत ७५ हजार पाए पनि निर्माण सम्पन्न भइसक्दा पाउनुपर्ने बाँकी रकम अझै पाउन नसकेको गुनासो आएकोमा सरकारको ध्यानकर्षण गराए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार