Sep 28 2024 | २०८१, असोज १२ गते

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई खेल पोसाक प्रदान

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई खेल पोसाक प्रदान

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई खेल पोसाक प्रदान

    कास्की । आगामी असोज ६ देखी २३ गतेसम्म मित्रराष्ट्र चीनको होङझावमा हुने १९ औँ एशियाली खेलकुद(एशियाड) का लागि नेपाली टोलीले तयारी गरिरहेको छ । 

    images
    images

    तयारीस्वरुप गण्डकी प्रदेशको राजधानी शहर पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भइरहेको हो । महिला ह्याण्डबल, पुरुष रग्बी, आर्चरी र भारत्तोलन खेलका खेलाडीले पोखरामा बन्द प्रशिक्षण लिइरहेका छन् । बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई आज खेल पोसाक(ट्रायक) प्रदान गरिएको छ ।

    पोखरामा सामाजिक क्षेत्रमा महिलाका क्षेत्रमा काम गर्दै आएको वुमन्स क्लबले टिमका १६ खेलाडी र दुई प्रशिक्षकलाई खेल पोसाक प्रदान गरेको हो । खेलाडीलाई आवश्यक सामग्री अभाव नहोस् भनेर सो सहयोग गरिएको बताइन्छ । 

    ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले टोलीले साउन पहिलोसातादेखी पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको बताइन् । उनले टोलीका सबै खेलाडी एशियाडका लागि उत्साहित भएको र सकारात्मक नतिजाका लागि खेल्ने उल्लेख गरीन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार