Sep 20 2024 | २०८१, असोज ४ गते

शनिबार काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

शनिबार काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • शनिबार काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

    काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार (भोलि) विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    images
    images

    लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।

    त्यस्तै ज्ञानोदय, गाई-बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट