Sep 20 2024 | २०८१, असोज ४ गते

आफ्नै लिङ्ग काटेर घाइते युवककाे अप्रेशन गरियाे

आफ्नै लिङ्ग काटेर घाइते युवककाे अप्रेशन गरियाे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • आफ्नै लिङ्ग काटेर घाइते युवककाे अप्रेशन गरियाे

    आफ्नै लिङ्ग काटेर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका २२ वर्षीय युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ ।

    images
    images

    उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।

    उनी आफैं खाना खान सक्ने भएका छन् । ६/७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएको त्यसलाई हटाइएको डा. लम्सालले बताए । उनको ४५ मिनेट जति लगाएर शल्यक्रिया गरिएको हो । काटिएको आधा भाग पनि बचाउनका लागि सर्जरी गरिएको डा. लम्सालले बताए ।

    अस्पतालका सर्जन डा. किशोर ताम्राकार र डा. वीरेन्द्र राउतको टोलीले हुमागाईको शल्यक्रिया गरेको हो । अस्पतालका प्लास्टिक सर्जन डा. मनिष देवकोटा समेतको टोलीले काटिएको भाग बचाउने प्रयास गरे पनि सम्भव नभएको डा. लम्सालले बताए ।

    बुधबार राति हेटौँडा बसपार्कस्थित लजमा बसेका उनले लिङ्ग काटेर घाइते भएका थिए । घाइते उनी आफैं उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रेफर गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट