Sep 20 2024 | २०८१, असोज ४ गते

प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने

प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । 

    images
    images

    उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीन वटा मात्र उजुरी परेको थियो । समितिको सोमबार बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको ससदीय सुनुवाइ प्रारम्भ हुनेछ । यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरुलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो ।

    संसदीय सुनुवाइका क्रममा उनले आफनो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछ । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट