राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग प्रधानमन्त्रीको छलफल जारी
राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग प्रधानमन्त्रीको छलफल जारी
काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बैठक भइरहेको छ ।
बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल भइरहेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले अवरोध हुँदै आएको छ । सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।
प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको थियो । संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन् ।