Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

कर्णालीमा माओवादीले टुङ्ग्यायो कार्य विभाजन, कसले के जिम्मेवारी पाए ?   

कर्णालीमा माओवादीले टुङ्ग्यायो कार्य विभाजन, कसले के जिम्मेवारी पाए ?   

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • कर्णालीमा माओवादीले टुङ्ग्यायो कार्य विभाजन, कसले के जिम्मेवारी पाए ?   

    काठमाडौं। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गोमा पुर्‍याएको छ ।

    images
    images
    images

    साउन ३० गते प्रदेश इञ्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिकामा इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो ।

    प्रदेशका रहेका १० जिल्लामध्ये हुम्लामा झकबहादुर मल्ल, जुम्लाको छिमी लामा, मुगुको गोमा गौतम कुँवर, कालिकोटको टेकबहादुर बस्नेत, दैलेखमा गोपाल शर्मा, सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इञ्चार्ज रहेका छन् । त्यस्तै, जाजरकोटमा बसन्त शर्मा, रुकुममा गगन खड्का, सल्यानमा नरेश भण्डारी र डोल्पामा नरबहादुर बिष्ट इञ्चार्ज तोकिएका छन् ।

    माओवादी केन्द्रको साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तर जिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो । कर्णालीमा माओवादीले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरी जिम्मेवारी तोकेको छ । 

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट