प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरे फैसला कार्यान्वयन विशेष योजना प्रस्तुत
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरे फैसला कार्यान्वयन विशेष योजना प्रस्तुत
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फैसला कार्यान्वयन विशेष योजना प्रस्तुत गरेका छन् ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठले संसदीय सुनुवाइ समितिमा लिखित कार्यायोजना प्रस्तुत गरेका हुन् ।
फैसला कार्यान्वयन नभएका ठाउँमा सार्वजनिक सूचना जारी गर्ने, त्यसको पालना नगर्नेलाई सार्वजनिक रूपमा जवाफदेही बनाउने र बढी फैसला कार्यान्वयन नभएका जिल्लामा नेपाल प्रहरीसहितको परिचालनबाट कार्यान्वयन अभियान सञ्चालन गर्ने उनको कार्ययोजनामा उल्लेख छ ।