मुग्लिन–नारायणगढ सडकमा पुनः यातायात सञ्चालनमा
मुग्लिन–नारायणगढ सडकमा पुनः यातायात सञ्चालनमा
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः यातायातका साधन नियमित सञ्चालन गरिएको छ । सोमबार राति करिब ८ बजे इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
मंगलबार दिउँसो करिब १२ बजेर ५५ मिनेटदेखि सो सडकखण्डमा सवारीसाधन सञ्चालन गराइएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सो क्षेत्रमा सवारीसाधनको लामो लाइन लागेको थियो ।