Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा रातिदेखि नै निरन्तर झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ ।

    images
    images

    साथै नेपालमा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ। महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिन अनुसार आगामी शुक्रबारसम्म वर्षाको सम्भावना छ । भोलि बिहीबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शुक्रबार पनि देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट