Sep 20 2024 | २०८१, असोज ४ गते

बुद्धनगरमा आतंक फैलाइरहेको भैँसीलाई नियन्त्रणमा लिन डार्ट प्रयोग

बुद्धनगरमा आतंक फैलाइरहेको भैँसीलाई नियन्त्रणमा लिन डार्ट प्रयोग

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • बुद्धनगरमा आतंक फैलाइरहेको भैँसीलाई नियन्त्रणमा लिन डार्ट प्रयोग

      
    बुधबार बिहानदेखि काठमाडौंको बुद्धनगरमा आतंक फैलाइरहेको भैँसीलाई नियन्त्रणमा लिन डार्ट प्रयोग गरिएको छ। बुद्धनगरमा अनियन्त्रित भई हिडिरहेको भैँसीले स्थानीयलाई आतंकित पारेको थियो।  

    images
    images

    उक्त भैँसी बुद्धनगरमा रहेकाे ज्ञान निकेतन स्कुल परिरसरभित्र प्रवेश गरेको थियो। त्यसपछि प्रहरीको सहयोगमा डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरेको हो। डार्ट हानिएको भैंसी अहिले नियन्त्रणमा आएको बानेश्वर प्रहरी बृतले जनाएको छ।

    उक्त भैँसीले आतंक मच्याएपछि स्थानीयहरुलाइ घरबाहिर ननिस्कन प्रहरीले आग्रह गरेको थियो। दाम्लोसहित रहेको भैँसी कसैले मार हान्न खोज्दा उम्किएको हुन सक्ने प्रहरीले बताएको छ। नियन्त्रणमा लिइएको भैँसी सामान्य घाइते भएको र डिभिजन वन कार्यालयलाई बुझाउने तयारी गरेको प्रहरीले बताएको छ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट