Sep 19 2024 | २०८१, असोज ३ गते

एमाले संसद् विरोधी होइन : योगेश भट्टराई

एमाले संसद् विरोधी होइन : योगेश भट्टराई

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • एमाले संसद् विरोधी होइन : योगेश भट्टराई

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी नभएको दाबी गरेका छन् ।

    images
    images

    बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिने दाबी गरे । 

    “यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको । दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो । बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो । यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा (एमाले)लाई चाहिन्छ,” उनले भने ।

    अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे ।  साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे ।

    “उच्चपदस्थ संलग्न छन् भने कारबाहीको दायरमा आउनुपर्छ भन्यौं । सीआईबी र हाम्रो पार्टीबीच अविश्वास गर्ने कुरा भयो । त्यसमा खेद छ । हामी राज्यको प्र्रत्येक निकायमा विश्वास गर्छौं । जब ठूला समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ त्यसैले समितिको माग गरेका हौं । अदालतप्रति अगाध विश्वास छ अख्तियारप्रति पनि । राजनीतिक दबावका कारण स्वतन्त्रपूर्व काम गर्न दिइएको छैन । हामी स्वतन्त्र छानबिनको पक्षमा छौँ,” उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट