Sep 19 2024 | २०८१, असोज ३ गते

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने काम भयो : ज्ञानेन्द्र शाही

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने काम भयो : ज्ञानेन्द्र शाही

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने काम भयो : ज्ञानेन्द्र शाही

    काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही ( ज्ञानेन्द्र)ले बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने काम भएको भन्दै आपत्ति जनाएका छन् । सो प्रकरणमा २३८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा कसैलाई विमानस्थल र कसैलाई निवासबाट पक्राउ गर्दा उनीहरूलाई भने पक्राउ नगरेकोप्रति आपत्ति जनाएका हुन् ।  

    images
    images

    प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले देशमा दुईवटा  कानुन भएको भन्दै कटाक्ष गरे ।  ‘बिडम्बना निर्णय गर्ने ठालु(मालिक)लाई कानुन नै नलाग्ने, प्रहरी हिरासतमा बस्नै नपर्ने कानुन बनाइन्छ भने सडक आन्दोलन गरिन्छ’, उनले भने, ‘पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखि अनुसन्धन किन नगरेको ?’

    केन्द्रीय अनुसन्धान ब्युरोले सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव कुमार नेपाललाई पक्राउ नगरी बयान मात्रै गराएको थियो । यसैगरी विजय गच्छदारसहितका केही व्यक्तिहरुमाथि पुर्जी जारी हुँदा समेत पक्राउ गरिएको थिएन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट