Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

गायनमा सिम्रनको चर्चा

गायनमा सिम्रनको चर्चा

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • गायनमा सिम्रनको चर्चा

    गलकोट ।  गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

    images
    images
    images

     मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ । 

    “गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भनिन्, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।” 

    कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियारले बताइन् । “विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ”, उनले भनिन् । परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो  गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।  

    सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ । उनि पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएकी छन्। यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। उनको  स्वरलाई धेरै श्रोताले  रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् । 

    परियारले ‘फूलथुङे रानी...’, ‘नाता टुट्यो पराइ भइगयो...’, ‘तिम्रो नै माया लाग्दछ साइँला...’, ‘फोटो फिरेममा...’, ‘फूलमया...’, ‘तीनपाते...’, ‘आफ्नो आफ्नो दुःख...’, ‘तिमीबिना कसले बुझ्छ र...’ बोलका गीत गाएकी छन् । “मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो”, उनले भनिन् । गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । “खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ”, उनले भनिन् । खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गर्नुभएको परियारले सुनाइन् । गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट