Sep 19 2024 | २०८१, असोज ३ गते

फोनपेद्वारा नयाँ अभियानको घोषणा, “पैसा पठाऔँ ठाउँको ठाउँ”

फोनपेद्वारा नयाँ अभियानको घोषणा, “पैसा पठाऔँ ठाउँको ठाउँ”

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • फोनपेद्वारा नयाँ अभियानको घोषणा, “पैसा पठाऔँ ठाउँको ठाउँ”

    काठमाडौँ । फोन पे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोन पे डिरेक्ट “पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको  घोषणा गरेको छ । जसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको छ । “मोबाईल नंबर भए पुग्छ” भन्ने ट्यागलाइन मा आधारित यस अभियानले आफ्नो  मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोवार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको छ । 
    यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत QR जस्ता तरिकाहरु रहेका छन् । फलस्वरुप नेपालका विभिन्न बैँकहरूमा फोन पे ले ग्राहकहरुलाई फोन पे डिरेक्ट सम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको देखिएको छ जसबाट चौतर्फि एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ  ।
    भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । फोन पे का चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माका अनुसार, “सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ। पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान, यस प्रतिबद्धताको एक उदाहरण हो ।  फोन पे डिरेक्ट द्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्दैछौं।
    फोन पे ले सधैँ आफ्ना ग्राहकहरूको कारोवारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाईन्छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।

    images
    images

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार