Sep 19 2024 | २०८१, असोज ३ गते

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

    ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।

    images
    images

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा एकीकृत कारोबारको औपचारिक सुरुवात गरेका छन्। बोर्डका अध्यक्ष हमालले मर्चेन्ट बैंक र कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रूपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेकोतर्फ जोड दिँदै बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासनसहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरूलाई आग्रह गरे।

    साथै, नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिकासमेत खेल्दै मर्चेन्ट बैंकरहरू बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गर्दै बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउन जोड दिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार