Sep 19 2024 | २०८१, असोज ३ गते

सिटी ब्राण्डिङका लागि अवधारणासहित सूचीकृत हुन आह्वान

सिटी ब्राण्डिङका लागि अवधारणासहित सूचीकृत हुन आह्वान

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • सिटी ब्राण्डिङका लागि अवधारणासहित सूचीकृत हुन आह्वान

     काठमाडौं । राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बढाउन काठमाडौं महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अवधारणा पत्रसहित सूचीकृत हुन आउन भनेको हो । महानगरको समग्र ब्राण्डिङ सम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेश गर्न सक्नेछन् ।

    images
    images

    महानगरका अनुसार यसका लागि फर्म तथा संघसंस्थाले, निवेदनसहित सिटी ब्राण्डिङ अवधारणा पत्र तथा गर्न सकिने कामको प्राविधिक प्रस्ताव, अहिलेसम्म गरेका कामको अनुभव प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेश गर्नुपर्छ । संस्थाका कागजात भनेको दर्ता प्रमाणपत्र, पानभ्याट दर्ता प्रमाण पत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाण पत्र, आव २०७८/७९ को करचुक्ता प्रमाणपत्र हुन् ।

    व्यक्ति वा विज्ञले अवधारणा पेश गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा) अहिलेसम्म गरेका कामको अनुभव विवरण तथा प्रमाणपत्रसहित सिटी ब्राण्डिङ अवधारणा पत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राविधिक प्रस्ताव पेश गर्नुपर्ने महानगरले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट