Aug 12 2026 | २०८३, साउन २७ गते

२६ वटा निजी स्वास्थ्य संस्थाबाट हटाइयो बिमा सेवा 

२६ वटा निजी स्वास्थ्य संस्थाबाट हटाइयो बिमा सेवा 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • २६ वटा निजी स्वास्थ्य संस्थाबाट हटाइयो बिमा सेवा 

    काठमाडौं । २६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइएको छ । 

    images

    स्वास्थ्य बिमा बोर्डमार्फत् प्रदान गर्दै आएको बिमा सेवा हटाइएको हो । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म सो संख्यामा अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ । 

    अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ । 

    swastya-bima-board.jpg

    बिमा सेवा हटाइएकामा बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा, लाइफ लाइन अस्पताल झापा, मेची नेत्रालय झापा, नोबेल मेडिकल कलेज मोरङ, विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर मोरङ, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज पर्सा, शुभस्वस्तिक अस्पताल महोत्तरी, र नेपाल आँखा प्रतिष्ठान कपिलवस्तु छन् । 

    त्यस्तै राप्ती आँखा अस्पताल दाङ, नेपालगञ्ज मेडिकल कलेज बाँके, फत्तेवाल आँखा अस्पताल बाँके, फुलकुमारी मेमोरियल हस्पिटल सिरहा र सगरमाथा चौधरी आँखा अस्पताल सिरहा र  लाल रत्न अस्पताल कैलालीबाट पनि बिमा सेवा हटाइएको छ । 

    अघिल्लो आर्थिक वर्षको बजेटमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको बजेटमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट सञ्चालन गर्ने उल्लेख छ ।

    योसँगै स्वास्थ्य बिमा कार्यक्रम लागु भएका ४५७ स्वास्थ्य संस्थाबाट २६ वटा अस्पताल घटेका छन् । 

    अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि भने झन्डै दुईसय वटा निजी अस्पतालले बिमा कार्यक्रम सञ्चालन गर्न आवेदन दिएपनि नयाँ सम्झौता नगरिएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । 

    हाल बिमा कार्यक्रममा ७१ लाख ७५ हजार ५२७ नागरिक आवद्ध छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट