Sep 19 2024 | २०८१, असोज ३ गते

टेलिभिजन उपभोक्ताका लागि न्यूनतम मासिक शुल्क २५० रुपैयाँ मात्रै

टेलिभिजन उपभोक्ताका लागि न्यूनतम मासिक शुल्क २५० रुपैयाँ मात्रै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • टेलिभिजन उपभोक्ताका लागि न्यूनतम मासिक शुल्क २५० रुपैयाँ मात्रै

    काठमाडौं । टेलिभिजन उपभोक्ताका लागि मासिक न्यूनतम शुल्क २५० रुपैयाँ ताेकिएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन सेवामा आला कार्ट प्रणाली लागू गर्दै टेलिभिजनकाे न्यूनतम प्याकेज र सशुल्क टिभी च्यानलकाे बुके मूल्य निर्धारण गरेकाे हाे । 

    images
    images

    मन्त्रालयले यसअघि च्यानल वितरकहरूलाई आला कार्ट प्रणालीका लागि सशुल्क टेलिभिजन च्यानलको अधिकतम बुके मूल्य पेश गर्न पत्राचार गरेकाे थियाे । आला कार्टमा नआए विदेशी सशुल्क च्यानल बन्द गर्ने सूचना जारी भएपछि प्रसारक संस्थाहरूहरू बुके मूल्य प्रस्ताव गर्न बाध्य भएका थिए ।

    याे प्रणाली कार्यान्वयनमा आएसँगै अब उपभोक्ताले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने छन् । यसबाट उपभोक्तालाई न्याय हुने अपेक्षा गरिएको छ । यो प्रणाली लागू नहुँदा आफूले नहेर्ने र अनावश्यक च्यानल सहितको प्याकेजका लागि समेत ग्राहकले शुल्क तिर्नुपर्ने अवस्था थियो ।  ​

    आला कार्ट प्रणाली कार्यान्वयनपछि टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि मासिक २५० रुपैयाँ र सशुल्क च्यानलसमेत गरी अधिकतम मासिक ५०० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । साथै सेवाप्रदायकले हाल इन्टरनेट र टेलिभिजन च्यानल गरी लिइराखेको कूल शुल्कमा थप गरी शुल्क बढाउन नपाउने व्यवस्था गरिएको छ ।  मन्त्रालयले राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली २०५२ बमोजिम केबुल, डीटीएच, एमएसओ, एएमडीएस, आइपीटीभी, डीटीटीभी लगायत माध्यमबाट उपभोक्तासम्म पुग्ने सशुल्क च्यानलहरूले लिन पाउने शुल्क निर्धारण गरेकाे जनाएकाे छ ।

    यसअन्तर्गत टेलिभिजन प्रसारण संस्थाहरूले उपभोक्ताबाट मासिक रूपमा न्यूनतम २५० रुपैयाँ लिन पाउनेछन् भने सशुल्क च्यानल तथा बुकेकाे मूल्य सेवाप्रदायक अनुसार फरक-फरक छ । बुधबार प्रकाशित मन्त्रालयकाे सूचना अनुसार स्टार इन्डिया प्रालि र सोनी पिक्चर्स नेटवर्क इन्डिया प्रालिको सम्पूर्ण पेटीभी च्यानल तथा बुकेको जम्मा मूल्य प्रतिग्राहक प्रतिमहिना ६५/६५ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै इन्डियाकास्ट मिडिया डिस्ट्रिब्यूसन प्रालि र जी इन्टरटेनमेन्टले अधिकतम २५/२५ रुपैयाँ र बेन्नेट कोलमन एन्ड कम्पनी लिमिटेडको प्रतिग्राहक अधिकतम तीन रुपैयाँ लिन पाउनेछन् । त्यस्तै डिस्कभरी नेटवर्क एसिया प्यासिफिक प्रालिले प्रतिग्राहक २० रुपैयाँ, बीबीसी स्टुडियो ड्रिस्ट्रिब्युसन लिमिटेडले दुई रुपैयाँ, होम बक्स अफिस (सिंगापुर) प्रालिले १५ रुपैयाँ लिन पाउनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट