सन्दिप लामिछानेमाथि मुद्दा हालेकी किशोरीले "बाँच्न कठिन भयो" भन्दै विष खाइन
सन्दिप लामिछानेमाथि मुद्दा हालेकी किशोरीले "बाँच्न कठिन भयो" भन्दै विष खाइन
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेमाथि मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना भएकी छन् । औषधिको ओभरडोज सेवन गरेपछि आज उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अहिले उनी खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो । गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् । सन्दीपविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ ।
पेशीको अघिल्लो दिन हिजो गौशाला २६ अस्पताल भर्ना भएकी हुन् । शनिबार बिहान उनले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताएकी थिइन् । आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उनले लेखेकी छन् ।
उनले बीस सेवन समेत गरेको उच्च स्रोतले बतायो ।