Aug 12 2026 | २०८३, साउन २७ गते

दैनिक ४५० जनामा डेंगी, संक्रमितको संख्या १९ हजार नाघ्यो

दैनिक ४५० जनामा डेंगी, संक्रमितको संख्या १९ हजार नाघ्यो

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • दैनिक ४५० जनामा डेंगी, संक्रमितको संख्या १९ हजार नाघ्यो

    काठमाडौं । यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १९ हजार नाघेको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट २५ सम्म ११ हजार २७० जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांकले दैनिक ४५० जनाभन्दा बढीमा डेंगी संक्रमण भएको देखाउँछ ।

    गएको जुलाईयता संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।

    कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या १५० सयभन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १४ हजार ३६९ जना संक्रमित भएका छन् ।

    वाग्मती प्रदेशमा दुई हजार ९९९ जना संक्रमित भएका छन् । मधेसमा १८४, गण्डकीमा ६३५, लुम्बिनीमा ३४५, कर्णालीमा ४१ र सुदूरपश्चिम प्रदेशमा ५४० जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि डेंगी संक्रमण निरन्तर बढिरहेको छ । धादिङमा संक्रमितको संख्या दुई हजार पाँच पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा ६९६ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट