Sep 19 2024 | २०८१, असोज ३ गते

सन्दीप लामिछानेलाई हुनसक्छ १० देखि १२ वर्षसम्म कैद ! जबरजस्ती करणी मुद्दा न्यायाधीश पण्डितको इजलासमा

सन्दीप लामिछानेलाई हुनसक्छ १० देखि १२ वर्षसम्म कैद ! जबरजस्ती करणी मुद्दा न्यायाधीश पण्डितको इजलासमा

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • सन्दीप लामिछानेलाई हुनसक्छ १० देखि १२ वर्षसम्म कैद ! जबरजस्ती करणी मुद्दा न्यायाधीश पण्डितको इजलासमा

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनवाइ अन्तर्गत सन्दिपको मुद्धा न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासको ५ नम्बर सूचीमा पेसी चढेकोे छ।

    images
    images

    यसअघि लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको थियो। अघिल्लो पेसीमा पनि पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो। आजको पेसीमा थप कुनै आदेश नभए फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ। १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

    उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। गत वर्ष भदौ ५ गते बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट