Sep 19 2024 | २०८१, असोज ३ गते

निषेधाज्ञा सकिएसँगै धरानकाे जनजिवन सामान्य

निषेधाज्ञा सकिएसँगै धरानकाे जनजिवन सामान्य

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • निषेधाज्ञा सकिएसँगै धरानकाे जनजिवन सामान्य

     धरान सामान्य दैनिकीमा फर्किएको छ। शुक्रबार राती १२ बजदेखि शनिबार राती १२ बजेसम्म प्रशासनले धरानमा निषेध आदेश जारी गरेको थियो । जसले गर्दा हिजो शनिबार धरान सुनसान बनेको थियो।

    images
    images

    बजार, स्कुल, साना बाहेक यातायातका साधान सबै बन्द रह्यो। ठुलो संख्यामा परिचालन भएको सुरक्षाकर्मीहरुले धरानमा र्याली गर्न आउने हिन्दु धर्मावलम्बीहरुलाई सिमानामा नै रोकेको थियो। प्रहरीले कुनै पनि ठुला र लामो दुरीका सवारीसाधनलाई धरान प्रवेश गर्न दिएको थिएन।  

    आज भने बिहानैदेखि धरान बजार खुलेको छ । सवारीसाधनहरु पनि चलेका छन् । धरान विगतमा नै सामान्य दैनिकीमा फर्किसकेको छ । धरानमा हिन्दु धर्मावलम्बीहरु वृहत र्याली गर्न विभिन्न जिल्लाबाट आउने कार्यक्रम राखिएपछि धार्मिक, सामाजिक सद्भाव बिथोलिने चिन्ता थियो । यहाँका राजनीतिक दलहरु, नागरिक अगुवाहरुको सर्वपक्षीय भेलाले पनि सद्भाव बिथोलिन सक्ने भन्दै कार्यक्रम रोक्न अपिल गरेको थियो भने शुक्रबार नै सद्भाव र्याली निकालेर धरानेहरुले एकजुट रहेको सन्देश पनि दिएको थियो।

    सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले निषेध आदेश जारी गरेको थियो । यो आदेशले धरानमा कुनै पनि सभा, सम्मेलन, र्याली लगायत कार्यक्रमहरु हुन पाएन । विभिन्न जिल्लाबाट र्याली निकाल्न आएका हिन्दु धर्मका गुरु, अनुयायीहरु धरानको सिमानामै रोकिए ।  

    धरानको वडा नं १४ मा गोपाल मन्दिर नजिकै चर्च बनेपछि करिब २ महिनादेखि हिन्दु धर्मावलम्बी र ख्रिष्टियनबीच धार्मिक विवाद चर्किएको थियो । यो विवाद पुर्णरुपमा साम्य नहुदै गोरु काटेर खाएको घटनाले धार्मिक, साम्प्रदायिक सद्भाव बिथोलिनसक्ने स्थिति बनेपछि प्रहरी प्रशासन, धरानका नागरिक अगुवा, राजनीतिक दल र सर्वसाधारणहरु पनि चिन्तित थिए ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट