Sep 19 2024 | २०८१, असोज ३ गते

सङ्घीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन् : नेता सिंह

सङ्घीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन् : नेता सिंह

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • सङ्घीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन् : नेता सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय कानुन नबन्दा स्थानीय तहले पूर्णरुपमा काम गर्न नसकेको बताएका छन् । नेपाल महिला सङ्घकी संस्थापक स्वर्गीय मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गर्न आवश्यक सङ्घीय कानुन बनाउन नसकेको बताए ।

    images
    images

    “सङ्घले आवश्यक कानुन निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाही अघि बढाउन सक्छन्,” उनले भने । पछिल्लो सयम युवा देश छोडेर पलायन भइरहेकाले सरकारले उनीहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण बनाउनुपर्ने नेता सिंहको भनाइ थियो । 

    कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषी देश भएकाले कानुनभित्र बसेर सबै समस्याको समाधान गर्नुपर्ने बताए। एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

    नेता सिंहले नेपालमा राणा शासनको अन्त्य र प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउनका लागि स्व मङ्गलादेवी सिंहले महत्वपूर्ण भूमिका खेल्ने बताए  । महिला हक, अधिकारको रक्षाका निम्ति स्व सिंहको महत्वपूर्ण योगदान रहेको उनले उल्लेख गरे । “संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो सबै महिला आन्दोलनका कारण भएको हो”, उनले भने । 

    नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण)बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ, कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

    को हुन् मङ्गलादेवी सिंह ?

    नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको जन्म विसं १९८१ मा काठमाडौँमा भएको थियो । विसं १९९७ असारमा उनको विवाह कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहसँग भएको थियो । विस १९९६ मा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहाँनिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएका थिइन्। विस २००४ मा भूमिगत सङ्गठनको रुपमा नेपाल महिला सङ्घको स्थापना उनले गरेकी थिइन् । विस २००७ सालको क्रान्तिमा सिंहको महत्वपूर्ण योगदान छ ।

    मङ्गलादेवीलाई २०१७ सालमा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहेकी स्व सिंह २०४२ मा सत्याग्रह र २०४६ को आन्दोलनमा पनि सक्रिय भएका थिइन्। विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उिन पराजित भइन् । सिंहद्वारा लिखित ‘नारी सङ्घर्षका पाइला’ नामक संस्मरणात्मक पुस्तक छ । दुई छोरा र तीन छोरीकी आमा स्व सिंहको २०५३ भदौ १० गते काठमाडौँमा निधन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट