Sep 19 2024 | २०८१, असोज ३ गते

गौर घटनाको छानबिनका लागि गृह मन्त्रालयद्वारा पत्राचार 

गौर घटनाको छानबिनका लागि गृह मन्त्रालयद्वारा पत्राचार 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • गौर घटनाको छानबिनका लागि गृह मन्त्रालयद्वारा पत्राचार 

    काठमाडौं । गौर घटनाको छानबिनका लागि गृह मन्त्रालयले छानबिनका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ। गृह मन्त्रालयले उक्त घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो।

    images
    images

    गौर घटनाका पीडितहरुले दोषीलाई कारबाहीको माग गर्दै आएका छन्। २०६३ चैत ७ गते रौतहटको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रबीच  झडप हुँदा २७ जना माओवादी नेता कार्यकर्ताको हत्या भएको थियो। 

    nimb
    उक्त घटनाका दोषी उपर कारबाही हुनुपर्ने माग गर्दै पीडितहरु आन्दोलनमै उत्रिएपछि साउन २३ गते पीडित र गृह मन्त्रालयबीच सहमति भएको थियो। उक्त सहमति अनुसार नै मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गर्दै दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। 

    उक्त घटनाका सम्बन्धमा पीडितसँग सरकारले सम्झौता गरेपछि जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव चिढिएका छन्। केही दिनअघि तराईमा आयोजित जसपाको एक कार्यक्रममा यादवले गौर घटना राजनीतिक घटना भएकाले कारबाही प्रक्रिया अघि बढे देशमा आगो बलने चेतावनीसमेत दिएका थिए।   

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट