Sep 19 2024 | २०८१, असोज ३ गते

ललिता निवास प्रकरण : सोमबारदेखि बयान सुरु, बयानपछि बहस हुने

ललिता निवास प्रकरण : सोमबारदेखि बयान सुरु, बयानपछि बहस हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • ललिता निवास प्रकरण : सोमबारदेखि बयान सुरु, बयानपछि बहस हुने

    काठमाडौं । ललिता निवास प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको कीर्ते प्रकरणमा सोमबारदेखि जिल्ला अदालतमा बयान सुरु हुनेछ।  

    images
    images

    न्यायाधीश भोलानाथ ढकालको इजलासमा उनीहरुको बयान हुने र बयानपछि थुनछेक हुने जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले बताए। 

    आइतबार पूर्वमन्त्रीहरु विजयकुमार गच्छादार,चन्द्रदेव जोशी, डम्बर चेम्जोङ र बहालवाला सचिव कृष्णबहादुर राउतसहित २९० जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दर्ता भएको थियो। 

    सरकारी वकिलको कार्यालयले अभियोगपत्रसँगै १८ जनालाई अदालत पेस गरेको छ। उनीहरुलाई न्यायाधीश समक्ष बयान गराइनेछ। बयानपछि उनीहरुको थुनछेक सुरु हुनेछ। करिब एक सातामा बयान सकेर थुनछेक गराउने जिल्ला अदालतको तयारी छ।   

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५७ दिनसम्म ‘संगठित कीर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर ललिता निवासमा ‘संगठित कसुर’ आकर्षित नहुने भन्दै सरकारी वकिलले ‘लिखत कीर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।

    बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ। सीआईबीले पूर्व उप-प्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो। प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ। 

    सरकारी वकिलले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह-सचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट