Sep 17 2024 | २०८१, असोज १ गते

धनगढीको स्वस्तिक अस्पतालमा एक पत्थरी बिरामीको मृत्यु भएपछि...  

धनगढीको स्वस्तिक अस्पतालमा एक पत्थरी बिरामीको मृत्यु भएपछि...  

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • धनगढीको स्वस्तिक अस्पतालमा एक पत्थरी बिरामीको मृत्यु भएपछि...  

    धनगढी । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा चिकित्सकको लापर्वाहीका कारण एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका १०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्। पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएको भन्दै पीडित परिवार अस्पतालविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।
     
    भतिजा राजकुमार चौधरीका अनुसार दुवै किड्नीमा पत्थरी भएपछि भदौ ९ गते ऐजनलाललाई अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी दुईवटा र  दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी रहेको जानकारी चिकित्सकहरूले दिएका थिए । 

    images
    images

    ‘सबै परीक्षणपछि दिउँसो सवा १ बजे अप्रेसन कक्षमा लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । तर,  साँझ ७ बजेतिर अंकलको पेट पूरै फुल्यो । हामीले बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि डाक्टरले फेरि अप्रेसन गरेर किड्नी नै झिकिदिएपछि बिरामीको अवस्था बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भने,' राजकुमारले भने । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार