Sep 17 2024 | २०८१, असोज १ गते

आजदेखि निगमले काठमाडौँ हङकङ र नयाँ दिल्ली उडान भर्ने

आजदेखि निगमले काठमाडौँ हङकङ र नयाँ दिल्ली उडान भर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • आजदेखि निगमले काठमाडौँ हङकङ र नयाँ दिल्ली उडान भर्ने

    काठमाडौँ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । आजदेखि निगमले काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको हो ।

    images
    images

    गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएकोमा अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको निगमले जनाएको छ ।

    निगमको अनुसार बिहान सवा ८ बजे भैरहवाबाट उडेको जहाज काठमाडौँमा ९ बजे अवतरण गराएर यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ । यसका लागि गत भदौ १० गतेबाट नै टिकट बुकिङ खुला गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार