Sep 19 2024 | २०८१, असोज ३ गते

चीनसँग नयाँ नाका खोल्ने तयारीमा सरकार 

चीनसँग नयाँ नाका खोल्ने तयारीमा सरकार 

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • चीनसँग नयाँ नाका खोल्ने तयारीमा सरकार 

    काठमाडौं। सरकारले चीनसँग नयाँ नाका खोल्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका बेला नयाँ नाका खोल्नै प्रस्ताव गर्ने बताएका छन्।

    images
    images

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा संसद्हरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

    'नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाका सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्,' उनले भने।

    चीनसँगका मुख्य दुई व्यापारिक नाका रसुवागढी र तातोपानी हुन्। तातोपानी नाका २०७२ वैशाखको भूकम्पपछि खासै सञ्‍चालनमा छैन भने रसुवागढी नाका पनि सहजरुपमा सञ्‍चालन नहुँदा व्यापारीहरुले निकै सास्ती झेल्दै आएका छन्। यसबारे व्यापारीहरुले पटक-पटक सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन।

    प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन्। उनलाई कांग्रेस सांसद राणाले तपाईँको चीन भ्रमणका प्राथमिकता र एजेण्डा के-के हुन्? भनी सोधेका थिए। प्रधानमन्त्री दाहालले दुई देशको सम्बन्ध थप उचाइमा पुर्‍याउने विषयमा आफ्नो भ्रमण केन्द्रित रहने र यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिने बताए।

    अर्का सांसद ऐनबहादुर शाही ठकुरीले सोधेको प्रश्‍नको जवाफ दिने क्रममा दाहालले नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुरा गर्ने निश्‍चित भएको बताए। सांसद ठकुरीले मुगुको लाग्चेलाग्‍ना नाका खोल्ने विषय एजेण्डामा छ कि छैन भनी सोधेका थिए? प्रधानमन्त्रीले यो नाकाको विषय पनि चिनियाँ अधिकारीहरुसँग उठाउने जवाफ दिए।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार