Sep 17 2024 | २०८१, असोज १ गते

देशको अर्थतन्त्र लयमा फर्किएकाे प्रधानमन्त्रीकाे दावी

देशको अर्थतन्त्र लयमा फर्किएकाे प्रधानमन्त्रीकाे दावी

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • देशको अर्थतन्त्र लयमा फर्किएकाे प्रधानमन्त्रीकाे दावी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किन थालेको बताएका छन्।

    images
    images

    प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किएको बताए।

    रााष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएको जिकिर गरे। असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको बताए।

    विप्रेशण आय (रेमिट्यान्स)मा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ सय २० अर्ब ५६ करोड पुगेको दाबी गरे।

    ‘२०८० असार मसान्तसम्म २८० अर्ब ५२ करोड बचतमा छ। विदेशी सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५ सय ३९ अरब ३६ रुपैयाँ पुगेको छ। यसले १० महिना धान्न सक्नेछ’, प्रधानमन्त्रीको जवाफ छ।

    वैदेशिक रेमिट्यान्समा वृद्धि भएको भन्दै वैदेशिक लगानीको स्वीकृति बढाउने काम भएको, जग्गाको कित्ताकाट खुलाएको भन्दै उनले उत्पादनमूलक कार्यमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्रीको भनाइ छ।

    निकट भविष्यमा हुने चीन भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने प्रधानमन्त्रीले बताए। उनले, सीमा नाका प्रभावकारी तथा सडक, ऊर्जा ,व्यापार क्षेत्रमा चीनको सहयोग भ्रमणको प्राथमिकतामा रहेको पनि जानकारी दिए।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार