Sep 17 2024 | २०८१, असोज १ गते

भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण

भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १२ २०८०
  • भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ । सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, तस्करी नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न तथा जनसरोकारका विषयलाई सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरुले सार्वजनिक महत्व र जनसरोकारका विषयको सम्बोधन हुनेगरी विद्यमान समसामयिक विषयमा ध्यानाकर्षण गराएका हुन् । 

    images
    images

    सांसद डा चन्दा कार्की भण्डारीले भ्रष्टाचार, कुशासन, तस्करी र संस्थागत अपराध मूल समस्या रहेकाले सार्वजनिक महत्वका कैयन विषय उठान हुन नसकेको उल्लेख गर्दै यसलाई निर्मूल गर्दै जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइन्।
         
    उनले देशैभर भेन्टिलेटर, हेमोडाइलासिस मेसिन, अल्ट्रासाउण्ड मेसिनलगायत दुई सय ३३ महँगा स्वास्थ्य उपकरण बेवारिसे अवस्थामा रहेको तथ्य सार्वजनिक भएको भन्दै निश्चित उद्देश्य र व्यवहारिक प्रक्रिया पु¥याएर खरिद गरिएका उपकरण किन बेवारिसे अवस्थामा पु¥याइए सदनलाई जवाफ दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । साथै उनले यस्ता उपकरण बेवारिसे बनाउने दोषीलाई कारबाही गर्न पनि माग गरीन् । 

    सांसद बिना जैसवालले यही भदौ ६ गते सङ्घीय संसद् सचिवालयविरुद्ध परेको रिट निवेदनको हकमा सङ्घीय सरकार र प्रदेश सरकारको निर्वाचन क्षेत्रमा विनियोजन बजेट सम्बन्धित कार्यक्रम कार्यान्वयन नगर्न दिएको सर्वोच्च अदालतको आदेश स्वागतयोग्य रहेको भन्दै यसले सङ्घदेखि स्थानीयतहसम्म हुने सम्भावित अनियमितताको जोखिम रोक्न सहयोग पुग्ने दाबी गरीन् । राष्ट्रिय जनावार गाईको हत्या गर्ने र सनातन धर्मको अपमान भइरहेको भन्दै उनले यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरीन्। 

    जसपाका प्रमुख सचेतक प्रदीप यादवले उद्योगीले विद्युत् प्राधिकरणलाई ‘डेडिकेटेड र ट्रक लाइन’को विद्युत् महसुलवापतको अर्बौ रकम नबुझाएको भन्दै वक्यौता उठाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले ठूला औद्योगिक घरनाले करिब रु १० अर्ब १४ करोड रकम बक्यौता नबुझाएको बताए । 

    सांसद अम्मरबहादुर थापाले नेपाललाई समृद्ध बनाउन भ्रष्टाचार र तस्करीको अन्त्य गरी सुशासन प्रवद्र्धन गरिनुपर्ने खाँचो औँल्याए । उनले भ्रष्टाचारी र तस्करीलाई तह लगाएर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सरकारले विशेष पहल कदमी लिनुपर्ने धारणा राखे ।

    सांसद अब्दुल खानले इञ्जिनियरिङ अध्ययनका लागि शुल्क महङ्गो भएकाले विद्यार्थी माइतीघर सडकमा सङ्घर्षरत रहेको भन्दै उक्त समस्या यथाशक्य छिटो समाधान गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    सांसद खानले कम्पुटर शिक्षा अध्ययन र अध्यापन गर्ने पेसाकर्मी आर्थिक पीडामा रहेको भन्दै कम्प्युटर शिक्षासम्बन्धी दरबन्दी सिर्जना गर्न माग गरे । उनले सिरहाको राजापुरस्थित गौशाला जीर्णअवस्थामा रहेको भन्दै मर्मत सम्भारका लागि ध्यानाकर्षण गराए । 

    सांसद अरुणकुमार चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरिया सडक खण्ड जीर्ण अवस्थामा रहेको भन्दै सडक स्तोन्नतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

    सांसद प्रेम सुवालले तराईका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि अतिक्रम गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार हालै सांसदहरुको टोली कञ्चनपुरको दोधारा चाँदनी र टनकपुरको स्थलगत निरीक्षणका क्रममा दोधारा चाँदनीको सुन्दर नगरको ७०६ नम्बरको स्तम्भमा पुग्दा भारतीय दुई सुरक्षाकर्मीले सोधपुछ गरेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार