Sep 17 2024 | २०८१, असोज १ गते

जब एमाले नेताहरू चढेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आयो... 

जब एमाले नेताहरू चढेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आयो... 

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • जब एमाले नेताहरू चढेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आयो... 

    काठमाडौं। काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्किएको छ।

    images
    images

    जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको उक्त जहाजको प्राविधिक चेकजाँच भइरहेको सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

    ५०१ जहाज ९एन–एजेशून्य कलसाइन भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको उनले बताए।

    उक्त जहाजमार्फत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता जनकपुर जाँदै थिए।

    सिरहामा हुन लागेको सचिवालय बैठकमा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत जनकपुर उडेका थिए।

    काठमाडौंबाट उडेको २३ मिनेटपछि जहाजमा खराबी देखिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार