Sep 17 2024 | २०८१, असोज १ गते

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई शशांकले भेटे

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई शशांकले भेटे

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका  खाणलाई  शशांकले भेटे

    नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर बुधबार भेटेका छन्।

    images
    images

    बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका उनले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको बताइएको छ।

    नक्कली शरणार्थी प्रकरणमा जेल पर्नुअघि खाण कांग्रेसमा शक्तिशाली नेतामध्ये एक थिए। संस्थापन पक्षमा रहेका खाण अचानक जेल जानुपरेपछि उनलाई भेट्न दैनिकजसो नेताहरु पुग्ने गरेका छन्। 

    पछिल्लो समय उनलाई भेट्न धेरैजसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी पुग्ने गरेका छन्। त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले पनि नियमित भेट्ने गरेका छन्।

    यसअघि खाणलाई परराष्ट्र मन्त्री एनपी साउदले पनि जेलमा पुगेर भेटिएसकेका छन्। कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले खाणलाई गत साउन १३ गते केन्द्रीय कारागार पुगेर भेटेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार