Sep 17 2024 | २०८१, असोज १ गते

ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । 

    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएकोे ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

    सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गरिने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम अगाडि बढाएको उल्लेख गर्दै उनले त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्क रहेको बताए ।
    नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्दै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्न आग्रह  गरे । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै मन्त्री बस्नेतले त्यसबाट जोगिन अनुकूल उपायको खोजी गरिरहेको बताए । 

    बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका लागि नेपाल सरकारसँग मिलेर काम गर्न बेलायत तयार रहेको बताए । 
    उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्रीसम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढिने बताए । भेटमा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो ।

    यस्तै ऊर्जामन्त्री बस्नेतसँग आजै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले  पनि शिष्टाचार भेट गरे । सो भेटमा मन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए । सो अवसरमा उनीहरूबीच आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारलगायत विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार